१८ असोज/अर्थ र व्यापार – आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि भाग्यशाली उपहार योजना कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले अभिकर्ताहरुको मनोबल उच्च राख्न भन्दै भाग्यशाली उपहार योजना कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
योजनाअन्तर्गत प्रथम पुरस्कार स्वरुप एक जनाले १२५ सीसीको हिरो मोटरसाइकल पाएका छन् । दोश्रो पुरस्कार स्वरुप एक जनाले आइफोन १३ र तेश्रो पुरस्कार स्वरुप एक जनाले ५ ग्राम सुन जितेको कम्पनीले जनाएको छ । सान्त्वना पुरस्कार स्वरुप १५ जनाले विद्युतीय हिटर पाएका छन् ।
तपाईको प्रतिक्रिया