१५ असोज/अर्थ र व्यापार– सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा दसैंमा बाहिरिने यात्रुहरुलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका १५ स्थानहरुमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरुको संख्या उल्लेख्य रुपमा बढ्ने हुनाले काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा सहायता कक्ष संचालन गरिएको हो ।
काठमाडौंमा बल्खु, नयाँ–बसपार्क,गौशाला, चापागाउँ, हल्चोक,चावहिल,जावलाखेल वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको छ ।
महंगो टिकट मूल्य, टिकट नपाउने लगायत समस्यालाई न्यूनिकरण गर्ने उद्देश्यले विभिन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको छ । सो कक्षबाट यात्रीहरुलाई सुरक्षा सम्बन्धी सु–सुचितसमेत गरिनेछ ।
तपाईको प्रतिक्रिया