३ असोज/अर्थ र व्यापार – ‘हरेक नेपाली शेयरधनी’ भन्ने नारालाई आत्मसात गर्दै गरिमा क्यापिटलले नेपालीहरुको महान चाड दशैं, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा ‘बम्पर दशैं तिहार अफर’ ल्याएको छ ।
गरिमा क्यापिटलले चाडपर्वको अवसरमा गत १ असोजदेखि ३० कात्तिकसम्मकालागि यो अफर घोषणा गरेको हो । यस योजना अन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकले स्मार्ट वाच जित्न सक्नेृ सो क्यापिटलले जनाएको छ ।
यसकालागि १ असोज देखि आगामी ३० कात्तिकसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो शेयर खाता खोल्नु पर्नेछ । यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटलको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटलको वेवसाईट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्ने सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया