२३ भदौ/अर्थ र व्यापार – कर्मचारी सञ्चय कोषको अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरे नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले घिमिरेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि कोषको अध्यक्ष डा. रामप्रसाद घिमिरे थिए । उनी एक महिनाअघि राजस्व सचिवबाट अर्थ सचिव भएका थिए । डा. रामप्रसादको ठाउँमा दिनेश राजस्वसचिव बनेका थिए। राजस्व सचिवलाई कोष सञ्चालक समितिको अध्यक्ष नियुक्त गरिंदै आएको छ। सरकारले कोषको रिक्त सदस्यमा कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई मनोनयन गरेको छ ।
तपाईको प्रतिक्रिया