logo

प्रभु इन्स्योरेन्सको नाफा दोब्बर

    106   पटक पढिएको


३० साउन/अर्थ र व्यापार– प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा दोब्बर भएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ४९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २२ करोड ५० लाख रुपैयाँ थियो । कम्पनीको कुल आम्दानी बढ्दा नाफामा टेवा पुगेको छ । कम्पनीको कुल आम्दानी गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा ८९ करोड ८० लाख रुपैयाँ थियो ।
खुद प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्षमा ५७ करोड ७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ६५ करोड २२ लाख रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १५ रुपैयाँ ६१ पैसा रहेकोमा गत आर्थिक वर्षमा ३४ रुपैयाँ ०५ पैसा रहेको छ । यस कम्पनीको प्रतिसेयर नेटवर्थ २ सय २२ रुपैयाँ १९ पैसा छ ।
१ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष कोषमा १ अर्ब २९ करोड रुपैयाँ छ । महाविपत्ति कोषमा १० करोड ८ लाख रुपैयाँ छ । कम्पनीको सञ्चित नाफा २५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।