१७ साउन/अर्थ र व्यापार – एनआईसी एशिया क्यापिटल लिमिटेडले ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बुधबार सम्पन्न संचालक समितिको १४३औँ बैठकले नगद लाभांशको प्रस्ताव गर्ने निर्णय गरेको हो।
बैठकले क्यापिटलको आठौँ वार्षिक साधारण सभा भदौ ११ गते थापाथलीमा बिहान ९ बजे गर्ने निर्णय गरेको छ। सो साधारण सभामा नगद लाभांश वितरण गर्न प्रस्ताव गरिनेछ।
क्यापिटलले सातौँ वार्षिक साधारण सभासम्म १८७.४७ प्रतिशत नगद लाभांश वितरण गरेको जानकारी दिएको छ । आठौँ वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांशसहित २४० प्रतिशत नगद लाभांश वितरण हुने कम्पनीको दाबी छ ।
तपाईको प्रतिक्रिया