logo

सामसङको ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप ६ को प्रि–अर्डर खुल्यो, मूल्य साढे २ लाखसम्म 

    595   पटक पढिएको

 

२ साउन/अर्थ र व्यापार – सामसङले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर खुला गरेको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा स्मार्टफोनहरु ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर सुरु भएको घोषणा गरिएको हो।  कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सिरिजको सार्वजनिक गरेका थिए।सो कार्यक्रममा सामसङ नेपालका निर्देशक स्थापितले फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको बताएका थिए।‘फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर, हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अन्लक गर्न सशक्त बनाउँछ,’ उनले भने।नयाँ ग्यालेक्सी जेड सिरिजलाई डुअल रियल हिङ्ग संरचनाले बलियो फोल्डिङ एजबाट थप बलियो बनाएको कम्पनीले जनाएको छ । ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ मा स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म छ । अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपीयु, जीपीयु र एनपीयु कार्यसम्पादनको संयोजन यो मोबाइलमा रहेको कम्पनीको दाबी छ। दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ।यी मोडलमा नोट असिस्ट, कम्पोजर, स्केच टु इमेज लगायतका फिचर समावेश छन्। गुगलसँगको साझेदारीमा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्ण रूपमा एकीकृत गरिएको सो कम्पनीले जनाएको छ । यसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–संचालित सहायक उपलब्ध गराउनेछ। जसमा ग्यालेक्सी जेड फ्लिप ६(१२+२५६ जीबी) सिल्भर श्याडो, ब्लु रंगको १ लाख ५४ हजार ९ सय ९९ रुपैयाँ , ग्यालेक्सी जेडफोल्ड ६ (१२+२५६ जीबी) सिल्भर श्याडो,न्यभी रंगका २ लाख ३४ हजार ९ सय ९९ रुपैयाँ, ग्यालेक्सी जेडफोल्ड ६ (१२+५१२जीबी) सिल्भर श्याडो,न्यभी कलरको २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ मुल्य रहेको सो कम्पनीले जनाएको छ । यसैगरी, गिफ्ट/ मोडल जेड फ्लिप ६ – २५६ जीबीजेड फोल्ड ६ – २५६ जीबीजेड फोल्ड ६ – ५१२ जीबी कभर सिलिकन केसको ५ हजार ४ सय ९९ रुपैयाँ,एस पेन केसको १२ हजार २ सय ९९ रुपैयाँ र एस पेन केसको १२ हजार २ सय ९९ रुपैयाँ मुल्य रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।