१९ असार/अर्थ र व्यापार – हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विनोद आचार्य पुनः नियुक्त भएका छन् ।
बुधबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले आचार्यलाई फेरि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो ।
आचार्यलाई आगामी १ साउनदेखि लागू हुने गरी आगामी चार वर्षको लागि सीईओ पदमा नियुक्त गरिएको सो कम्पनीका सचिव देवकर कार्कीले जानकारी दिए । विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एमपीए तथा एमबीए गरेका छन् ।
तपाईको प्रतिक्रिया