१८ असार /अर्थ र व्यापार – सानिमा जिआइसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद सेयर निष्कासनको सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा जिआइसीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यससँगै इन्स्योरेन्सले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्सलाई नियुक्त गरेको हो । सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआइसीको ५० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
तपाईको प्रतिक्रिया