१० असार/अर्थ र व्यापार – नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा मिति तय गरेको छ । यस कम्पनीले आगामी १८ असारमा साधारण सभा गर्ने भएको हो।
नेपाल लाइफले साधारण सभामा नगद लाभांश वितरण प्रस्ताव पारित गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
हाल नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ छ । कम्पनीले कर प्रयोजनसहित चुक्ता पुँजीको १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९सय ४९ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
तपाईको प्रतिक्रिया