३१ जेठ/अर्थ र व्यापार – नागरिक लगानी कोषले, युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि छुट्याइएको १ सय अंकित दरका १ करोड ६१ लाख ७० हजार कित्ता सेयरको मूल्य १ अर्ब ६१ करोड ७० लाखबराबरको धितोपत्रको सार्वजनिक निस्कासनको प्रत्याभूति गर्ने भएको छ ।
सो कम्पनीको सेयर प्रत्याभूति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष आषिश थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता कार्य कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडांैस्थित सीआईटी बिल्डिङमा बुधबार भएको थियो ।
तपाईको प्रतिक्रिया