logo

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा नियुक्त

    726   पटक पढिएको


१३ जेठ/अर्थ र व्यापार – नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले थापालाई आगामी चारवर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल पुनर्बीमा कम्पनीको उम्मेदवार छनौट तथा सिफारिस समितिले सर्टलिष्टमा परेका पाँच जनाको अन्तर्वार्ता लिइसकेपछि बोर्डले थापालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीको सर्टलिष्टमा थापासहित दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की परेका थिए । कम्पनीले व्यावसायिक कार्यजोजना प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि सर्टलिष्टमा परेकाहरूलाई हिजो शनिबार बोलाएको थियो । अध्यापन र प्रशासनमा दख्खल थापा यसअघि अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत थिए भने त्यसअघि राष्ट्रिय बीमा संस्थानमा कामु प्रशासकसम्म भएका थिए ।

नेपाल पुनर्बीमा कम्पनी ठूलो कम्पनी भएकाले यसको सञ्चालन प्रणालीलाई प्रभावकारी बनाउने र जनशक्ति परिचालन प्रभावकारी बनाउनमा आफ्नो भूमिका केन्द्रित हुने थापाले बताए ।
‘कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्नु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हो, प्रभावकारी व्यस्थापनका लागि जनशक्तिको परिचालन सही ढंगले हुनुपर्ने बताउँदै नवनियुक्त सिइओ थापाले भने, ‘यसका लागि व्यवस्थापन समूहलाई प्रोत्साहित गर्नुपर्छ, संस्था सञ्चालनका लागि बलियो प्रणालीको विकास गर्नुपर्छ, मेरो पहिलो प्रयास त्यसैमा केन्द्रित हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।