logo

चुक्ता पूँजी पुर्याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने

    178   पटक पढिएको


११ जेठ/अर्थ र व्यापार – युनाइटेड अजोड इन्स्योरेन्सले न्यूनतम चुक्ता पूँजी पुर्याउनका लागि १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको संचालक समितिको बैठकले असार मसान्तसम्म तोकिएको चुक्ता पूँजी पुर्याउन १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
नियामक निकाय बीमा प्राधिकरणको स्वीकृतिपछि हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्न साधारणसभामा पेश गरिने कम्पनीले जनाएको छ । निर्जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्म साढे २ अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउनुपर्ने व्यवस्था गरिएको छ ।
हाल यस कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ छ । हकप्रद र बोनस सेयर वितरण गरी कम्पनीले साढे २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।