logo

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम

    702   पटक पढिएको


७ जेठ/अर्थ र व्यापार – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सलो प्रदेश २ अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई बर्दिबासमा गत ५ जेठमा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको उपस्थितिमा संचालित सो कार्यक्रममा ५५ जना भन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पाण्डेले कर्मचारीहरू कम्पनीको मेरुदण्ड भएको र यसप्रकारको तालिमले उनीहरूको कार्य सम्पादन क्षमता अभिवृद्धि हुन गई ग्राहक सेवा सुदृडिकरण तथा संस्था सशक्तिकरणमा सहयोग पुग्ने बताए ।
वर्तमान सन्दर्भमा कम्पनीहरूको सञ्चालन जोखिम बढ्दै गएको भन्दै पाण्डेले यस्तो कार्यक्रमले त्यस खालका जोखिम घटाउन मद्दत पुग्ने कुरा बताए । यसैगरी, उनले यस किसिमको कार्यक्रम देशैभर गरिने योजना रहेको समेत बताए ।
कार्यक्रममा अन्डरराइटिङ , ग्राहक सेवा, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण, अनुपालन, अभिकर्ता सेवा ,दाबी लगायत विषयमा प्रमुख सञ्चालन अधिकृत ज्ञानबहादुर रायमाझीले तालिम प्रदान गरेका थिए भने चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठले अनुपालनलाई मध्यनजर गर्दै नयाँ व्यवसाय बिस्तारमा जोड दिनुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।