२ जेठ/अर्थ र व्यापार – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने विलम्ब शुल्कमा छूट प्रदान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै तोकिदिएको समयसम्म पुनर्जागरण गराएमा विलम्ब शुल्कमा शतप्रतिशत छूट प्रदान गरिने जनाएको हो ।
यस कम्पनीले दिएको यो छूट बुधबारदेखि आगामी २५ जेठसम्म मात्र लागू गर्ने जनाएको छ । कम्पनीका अनुसार ब्याज छूट सुविधा बीमा अवधिभरमा एक पटक मात्र उपभोग गर्न सकिने सो कम्पनीले जनाएको छ ।
यसैगरी, कम्पनीले सो अवधिमा बाँकी रहेका नविकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख सक्रिय बनाउन सम्पूर्ण बीमित तथा अभिकर्तालाई अनुरोध गरेको बताएको छ ।
तपाईको प्रतिक्रिया