logo

आफ्नो मान्छेलाई बोर्ड अध्यक्ष बनाउन भट्टको चर्को दवाव, रोकियो बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया

    279   पटक पढिएको

२८ बैशाख / अर्थ र व्यापार- सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर जसरी पनि दीपक भट्टले अघि सारेको व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउन दवाव दिएपछि तत्कालका लागि अध्यक्ष नियुक्ती प्रक्रिया नै लम्बिएको बुझिएको छ । अर्थ मन्त्रालयले यहि हप्ताभित्र बोर्डको अध्यक्ष बनाउने गरी प्रक्रिया अघि बढाएको थियो र सोही अनुरुप हिजो बिहीबार मन्त्रालयमा बैंठक राखिएको थियो । तर उक्त बैठक बस्नु अघि ओलीले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर जसरी पनि सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गर्नुपर्ने भन्दै ठाडो दबाब दिएपछि तत्कालका लागि उक्त प्रक्रिया रोकिएको स्रोतले जनाएको छ ।

केहि समयदेखि बोर्ड अध्यक्ष नियुक्तीमा कर्पोरेट हाउसहरु चर्को लविङमा छन् । उनीहरु सेबोनमा आफु नजिकका व्यक्ति नियुक्त गरेर नयाँ स्टक एक्स्चेञ्जको लाईसेन्स हत्याउनका लागि लविङमा छन् । तर अर्थमन्त्री वर्षमान पुन भने कर्पोरेट हाउसले अघि सारेका मान्छे अध्यक्ष नियुक्त गर्दा नकारात्मक सन्देश जाने भन्दै स्वतन्त्र व्यक्ति नियुक्त गर्ने अडानमा थिए । तर, ओलीले जसरी पनि भट्टको मान्छे नियुक्त गर्नुपर्ने भन्दै दबाब दिएपछि अर्थमन्त्री पुन त्यस्ता व्यक्तिलाई नियुक्त गर्दा नकारात्मक सन्देश जाने भन्दै पछि हटेका छन् ।
त्यसैगरी पछिल्लो समय एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि श्रेष्ठलाई जसरी पनि नियुक्त गर्नुपर्ने भन्दै पार्टीगत लविङमै लागेका छन् । स्रोतका अनुसार श्रेष्ठ पौडेलको चुवानी क्षेत्रका रहेको र चुनावमा सहयोग गरेको कारण अहिले उक्त गुन तिर्नका लागि पौडेल उनै श्रेष्ठलाई सेबोन अध्यक्ष नियुक्त गर्नुपर्ने भन्दै पार्टी लविङमा लागेका हुन् ।

अर्कोतिर पछिल्लो समय रस्साकासीमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी जुनसुकै मूल्य चुकाएर पनि उक्त पद हत्याउने जोडवलमा लागेका छन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले बोर्ड अध्यक्षमा स्वतन्त्र एवं सक्षम व्यक्ति ल्याउने बताएपनि भट्टको दोस्रो रोजाईमा रहेको र आफ्ना नातेदार समेत रहेका डा.अधिकारीलाई भट्टलाई स्टक लाईसेन्स दिने सर्तमा बोर्ड अध्यक्षमा आउन लागेका हुन् ।

पछिल्लो समय बोर्ड अध्यक्ष सिफारिस समितिले ५ जनाको सूचि प्रकासित गरेसँगै स्वार्थ समुहहरु आफु निकटका व्यक्तिलाई बोर्ड अध्यक्ष बनाउन लागि परेका छन् । सुरुवाती चरणमा कर्पोरेट हाउसले आफु निकटका व्यक्तिलाई अध्यक्ष बनाउन लागि परेपनि पछिल्लो समय भने त्यसले नयाँ मोड लिएको छ ।

सुरुवाती चरणका विचौलिया दीपक भट्टले मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठमध्ये एक जनालाई बोर्ड अध्यक्ष बनाउन चाहेका थिए । तर ती मध्ये मुक्ति श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा रहेका कारण अन्तिम ३ जनामा सिफारिस गर्न नमिल्ने र सन्तोष नारायण श्रेष्ठलाई यदि कर्पोरेट हाउसको ट्याग लागेमा दीपक भट्टले आफुले नयाँ स्टक लाईसेन्स लिने सर्त सहित डा. नवराज अधिकारीलाई अघि सारेका छन् ।

पछिल्लो समय स्टकको नयाँ लाईसेन्स लिने विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्र्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र विचौलिया दीपक भट्टबीच सीतयुद्ध देखिएको छ । तर नयाँ स्टकका लागि ढकालले खासै चासो नदेखाएपनि विचौलिया भट्टले भने त्यसलाई आफ्नो प्रतिष्ठासँग जोडेको र जसरी पनि आफु अनुकुल स्टकको नयाँ लाईसेन्स लिने सर्तमा प्रधानमन्त्री पुष्पकमल दाहालका नातेदार समेत रहेका डा. अधिकारीलाई अध्यक्ष बनाउने लविङ्मा लागेको स्रोतले जानकारी दिएको छ ।

आफ्नै नकारात्मक व्यवहारका कारण चार पटकसम्म आवेदन दिएर पनि बोर्ड अध्यक्ष हुन नसकेका डा. अधिकारी पछिल्लो समय यदि श्रेष्ठ नभएमा प्रचण्डको नातेदार र विचौलिया दीपक भट्टको निगाहमा नयाँ स्टक लाइसेन्स दिने सर्तमा सेबोनको नयाँ अध्यक्ष बन्न लागेका उच्च स्रोतले जानकारी दिएको छ । बोर्ड अध्यक्ष छनौट समितिले आवेदन मध्ये चिरञ्जीवी चापागाईँ, सन्तोषनारायण श्रेष्ठ, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र कृष्णबहादूर कार्कीको नाम ५ जनाको सूचिमा प्रकाशित गरेको थियो । जसमध्ये चिरञ्जीवी चापागाईँ चन्द्र ढकाल नजिकका व्यक्ति हुन भने सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ विचौलिया दीपक भट्टका मान्छे हुन ।

तर पछिल्लो समय आफु नजिकका व्यक्तिलाई प्रधानमन्त्री र अर्थमन्त्रीले सेवोन अध्यक्ष नवनाउने सुइको पाएपछि दीपक भट्टले आफुले नयाँ स्टकको लाईसेन्स लिने सर्तमा प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दाहालको रोहवरमा डा. अधिकारीलाई सेवोन अध्यक्ष बनाउन लागिएको उनी सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।