logo

सर्वाेत्तम सिमेन्टमा सञ्चालक समितिका ६ सदस्य निर्विरोध निर्वाचित

    108   पटक पढिएको


१४ वैशाख/अर्थ र व्यापार – सर्वाेत्तम सिमेन्ट लिमिटेडले सेयरधनीलाई आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पाँचौं वार्षिक साधारण सभाबाट पारित गरेको छ ।
साधारण सभाले सञ्चालक समिति संस्थापक सेयरधनी समूहबाट विष्णुप्रसाद न्यौपाने, विमलकुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जिङ लाग्देन तामाङ र उत्सव न्यौपाने तथा सर्वसाधारण सेयरधनी समूहबाट शिव सिंह कार्कीलाई निर्विरोध निर्वाचित गरेको छ । स्वतन्त्र सञ्चालकमा नेहा अग्रवाललाई मनोनीत गरिएको सो कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण पनि पारित गरेको छ।
सभामा प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीले आफ्नो स्थापनापछि हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन क्लिङ्कर उत्पादन गरी बिक्री गरेको जानकारी गराए ।
सो कम्पनीसँग प्रति दिन ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । कम्पनीले आफ्नो वितरण प्रणाली मजबुत गर्दै नेपालको पूर्वी क्षेत्रमा बजार विस्तारका लागि आफ्नो शतप्रतिशत लगानी रहेको सहायक कम्पनी मार्फत झापाको भद्रपुरमा रहेको मनषा सिमेन्ट इन्डष्ट्रिज खरिद गरी हाल परीक्षण उत्पादन सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।