१४ चैत/अर्थ र व्यापार – ‘आईएमई पे’ ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँचसय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीले मनिग्राम मार्फत पठाएको रकम आईएमई पे मार्फत प्राप्त गर्दा पाँचसय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने सो कम्पनीले जनाएको छ ।
मनिग्राम बाहेक अन्य रेमिट्यान्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम ‘आइएमई पे’ बाट प्राप्त गर्दा पनि एकसय रुपैयाँ बोनस प्राप्त गर्न सकिने सो कम्पनीको भनाइ छ । गत १० फागुनदेखि सुरु भएको यो अफर दुई महिनासम्म चल्ने छ ।
तपाईको प्रतिक्रिया