१३ फागुन/अर्थ र व्यापार – सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २३.८० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी हाल ३ अर्ब २० करोड रुपैयाँ छ ।
संचालक समितिले ७६ करोड १६ लाख बराबरको बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनार्थ ४ करोड ८४ हजार रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।
संचालक समितिले त्यसको २७ प्रतिशत हकप्रद सेयर दिने निर्णय पनि गरेको छ । यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन तथा कम्पनीको साधारणसधाबाट पारित हुन बाँकी छ ।
तपाईको प्रतिक्रिया