४ फागुन/अर्थ र व्यापार – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ७ लाख ६६ हजार ५९३ कित्ता सेयर बिक्रीमा राखेको हो।
कम्पनीले इच्छुक संस्थापक सेयरधनीलाई खरिदका लागि प्रस्ताव आह्वान गरेको छ । इच्छुक संस्थापक सेयरधनीले आफूले किन्न चाहेको कित्ता खुलाएर ३५ दिनभित्र निवेदन दिनुपर्ने जनाएको छ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरे अन्य व्यक्तिलाई सेयर बिक्री प्रक्रिया अघि बढाउने सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया