२९ माघ/अर्थ र व्यापार – नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौतामा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाड हाइड्रोका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सानिगाडको प्रति सेयर एकसय रुपैयाँले ८५ लाख ५० हजार कित्ता सेयर बापत ८५ करोड ५० लाख सेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्ने छ । सम्झौता भएको मितिबाट यस कम्पनीले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नु पर्नेछ । ६ महिनाभित्र सेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुने बताईएको छ ।
तपाईको प्रतिक्रिया