logo

हिमालयन लघुवित्तको नाफा ६० प्रतिशतले घट्यो

    831   पटक पढिएको


२३ माघ/अर्थ र व्यापार – हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफा ६० प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा जम्मा ५२ लाख ५८ हजार रुपैयाँ छ ।
गत वर्षको सोही अवधिमा यस्तो नाफा १ करोड ३३ लाख रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी सामान्य बढे पनि सञ्चालन खर्च बढ्दा नाफामा असर परेको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ छ ।
गत वर्षको यस अवधिमा खुद ब्याज आम्दानी १० करोड ५५ लाख रुपैयाँ थियो । यस कम्पनीको निष्क्रिय कर्जा बढेको छ । पुस मसान्तसम्म प्रवाह भएको कुल कर्जामा निष्क्रिय कर्जाको अंश ३.५९ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्म यस्तो कर्जा २.९३ प्रतिशत थियो ।
यस कम्पनीको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) गत वर्षको दोस्रो त्रैमासमा १ करोड ३५ लाख रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ७८ लाख ३१ हजार रुपैयाँ छ । कम्पनीको वितरणयोग्य नाफा १ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ । वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ २९ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।