२१ माघ/अर्थ र व्यापार – एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको १८९ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०. ४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीले घोषित बोनस सेयरपछि चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुग्ने जनाएको छ । सो बोनस सेयरपछि ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सो कम्पनीले जनाएकोे छ ।
जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुरुप एसियन लाइफले ४२ प्रतिशत हकप्रद जारी गरेर जुटाउने जनाएको हो ।
तपाईको प्रतिक्रिया