२१ माघ/अर्थ र व्यापार – सन नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको ६ महिनाको तुलनामा ७.२२ प्रतिशतले कम हो । अघिल्लो आवको ६ महिनामा सन नेपालले ३५ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको दाबी भुक्तानी बढ्दा नाफा घटेको दोस्रो त्रैमासको सार्वजनिक वित्तीय विवरणले देखाएको छ । सो विवरण अनुसार दाबी भुक्तानी १९.०९ प्रतिशतले बढेको छ । यो अवधिमा कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । तर, व्यवसाय ०.१३ प्रतिशतले घटेको छ ।
यस कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ । प्रति सेयर आम्दानी ३५.०६ प्रतिशतले घटेर २०.५३ रुपैयाँमा सीमित भएको छ ।
तपाईको प्रतिक्रिया