२९ पुस/अर्थ र व्यपार – हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले माघ २५ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको ३० औं सभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गर्नेछ । कम्पनीले चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँको ६.३७ प्रतिशत नगद लाभांश सेयरधनीलाई प्रस्ताव गरेको छ । यो भनेको १४ करोड ६६ लाख रुपैयाँ हो।
यसबाहेक कम्पनीले ८.६३ प्रतिशत बोनस सेयर दिनेछ । कम्पनीको चुक्ता पुँजी १९ करोड ८६ लाख रुपैयाँले बढ्नेछ । सभाले सञ्चालकहरुको सुविधा तथा भत्ता वृद्धी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले प्रस्ताव गरेको लाभांशका लागि १३ माघमा सेयरधनी भइसक्नु पर्नेछ ।
तपाईको प्रतिक्रिया