logo

अन्नपूर्ण केबलकारको ‘पार्टनर्स मिट’ कार्यक्रम सम्पन्न

    1033   पटक पढिएको

२३ कात्तिक/अर्थ र व्यापार – पोखरामा सञ्चालित अन्नपूर्ण केबलकार लिमिटेडद्धारा बुधबार काठमाडौमा आयोजित आफ्ना साझेदार सहयात्रीहरु सहभागी ‘पार्टनर्स मिट’ कार्यक्रम सम्पन्न भएको छ ।
अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङ र निर्देशक आजात श्रेष्ठले गमलाको फुलमा पानी हालेर पर्यटन विकासको प्रतिवद्धताकासाथ सम्पन्न पार्टनर्स मिट कार्यक्रमको उद्घाटन गरेका थिए ।
मुलुकभरका विभिन्न पर्यटन क्षेत्रका संघसंस्थाकाप्रतिनिधीहरु, आफ्ना पार्टनर्स कम्पनीका प्रतिनिधीहरु एवं सम्बन्धीत साझेदार सरोकारवालाहरुलाई सहभागी गराईएको सो कार्यक्रममा अन्नपूर्ण केबलकारका निर्देशकहरु तिर्थराज त्रिपाठी,चन्द्रबहादुर कार्की,स्वतन्त्र निर्देशक सनत न्यौपाने, जिएम अन्जन बड्गामी, सिनियर माक्रेटिङ म्यानेजर समनराज मानन्धर र बजार प्रवन्धक अरुण कोइरालाले कार्यक्रममा सभागीहरुलाई स्वागत गरेका थिए ।
पार्टनर्स मिट कार्यक्रमा अन्नपूर्ण केवलकारका अध्यक्ष गुरुङले यो सहकार्यले पोखराको मात्र नभई समग्र नेपालकै पर्यटन क्षेत्रको विकासका लागि उल्लेख्य योगदान पुयाउने बताए ।
यसैगरी, अन्नपूर्ण केबल कारका स्वतन्त्र निदेशक सनत न्यौपानेले यो कार्यक्रम पोखराका साथै समग्र नेपालको पर्यटन क्षेत्रको उत्थानका लागि प्रयत्नरत समस्त मानिसहरुको एक्यवद्धताका लागि निमन्त्रणाका रुपमा रहेको बताए ।

उनले यो कार्यक्रम सबै सरोकारवालालाई एकताको सूत्रमा बाँध्दै पोखराका साथै नेपाललाई उत्कृष्ट पर्यटकिय गणतव्यका रुपमा स्थापित गर्न सहकार्यका लागि आग्रह एवं प्रोत्साहन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको बताए ।
हाल १७ वटा गन्डोलामा आधारित लिफ्ट ट्रान्सपोर्टेशन प्रणालीकै अग्रणी अन्नपूर्ण केबलकार लिमिटेडले सो कार्यक्रममा देसका प्रमुख ट्राभल एजेन्सीहरुका साथै कम्पनीका बिजनेश पाटनसहरुको उल्लेखनिय सहभागिता गराएको थियो ।
सोही कार्यक्रम मार्फत अन्नपूर्ण केबलकारले आफ्ना पार्टनर्सहरुसंगको सम्बन्ध थप मजबुद बनाउदै नयाँ पार्टनर्सलाई पोखराका साथै नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन सहकार्यका लागि आमन्त्रण गर्ने गरेको हो । सोही कार्यक्रम मार्फत अन्नपूर्ण केबलकार कम्पनीले आगामी २५ फागुनमा थप आकर्षणकालागि केबलकारको टपस्टेशनमा ४८ फिट अग्लो पञ्चमुखी गणेशको प्रतिमा अनावरण गर्ने घोषणा समेत गरेको छ ।
अन्नपूर्ण केबलकार लिमिटेडका अध्यक्ष कालु गुरुङले यस्तो जानकारी गराएका हुन । उनले आगामी २५ फागुनकै दिन यस केबलकारको औपचाकिक उद्घाटन समेत गरिने बताए ।
२०७३ सालमा स्थापित भई २०७८ सालको ६ फागुनदेखि संचालनमा आएको अन्नपूर्ण केवलकारले सेदीबगरदेखि सराङकोट जोड्ने, २ वटा स्टेशनकासाथ २२ किमीको केवल कार सेवा सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
हाल यस केबलकारमा १७ वटा गोन्डोला रहेका छन् । यसले प्रति घण्टा पाँचसय जना मानिसलाई सुविधा दिने क्षमता राख्ने सो कम्पनीले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित र आरामदायी केवल कार सेवा प्रदान गर्न अन्नपूर्ण केवल कार समर्पित रहेको सो कम्पनीले जनाएको छ । यस कम्पनीले निप्पोन केवल कम्पनी लिमिटेड, जापानद्वारा प्रदान गरेको सुरक्षा मापदण्डको विशेष रूपमा पालना गरेको जनाएको छ । हाल यस कम्पनीमा ८० भन्दा बढी दक्ष तथा अर्ध–दक्ष जनशक्ति कार्यरत रहेका छन् ।
सो कम्पनीले साइक्लिङ, जिप लाइनिङ, स्वीङ, बन्जीजम्पिङ, रकक्लाइम्बिङ, क्यानोइंग लगायत रोमाञ्चक खेलको मनोरञ्जन लिने सुविधा पनि आफ्नो प्राङ्गणमा उपलब्ध गराउदै आइरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।