logo

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ ९ लाखले पाए

    170   पटक पढिएको

२८ भदौ/अर्थ र व्यापार – सिटिजन लाइफ इन्स्योरेन्सको साधारण (आईपीओ) बाँडफाँट भएको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट भएको छ ।
आईपीओमा आवेदन दिनेमध्ये ९ लाख जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । बिक्री प्रबन्धक एनआइएमबि क्यापिटलका अनुसार आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले आवेदन परेको थियो ।
जसमा १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको छ । आवेदन दिएका योग्य १४ लाख ७ हजार २३७ आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
सो कम्पनीले भदौ १५ देखि १९ गतेसम्म अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २४४ रुपैयाँका दरले सेयर निष्कासन गरेको थियो ।
आईपीओको नतिजा बिक्री प्रबन्धक एनआइएमबी क्यापिटलको वेबसाइट, सिटिजन लाइफको वेबसाइट, मेरो सेयर र सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट हेर्न सकिने सो इन्स्योरेन्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।