logo

चन्द्रागिरि हिल्सको नाफा बढ्यो

    149   पटक पढिएको


३० साउन/अर्थ र व्यापार – सञ्चालन आम्दानी बढेसँगै चन्द्रागिरि हिल्सको नाफा पनि उल्लेख्य रुपमा बढेको छ । कारोना महामारिपछि पर्यटन व्यवसाय चलायमान बन्दै जाँदा चन्द्रागिरि हिल्सको आम्दानीसँगै नाफामा पनि उल्लेख्य रुपमा सुधार भएको छ ।

यस कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा १५ करोड ११ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा एक करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमो नाफा उल्लेख्य रुपमा बढाएको हो ।
यसैगरि, यस कम्पनीको सञ्चालन आम्दानी बढेर ९१ करोड ३४ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ६६ करोड ८९ लाख ७८ हजार रहेको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हुँदा नाफा पनि बढेको हो ।

व्यवसाय बढ्दै जाँदा कम्पनीको वस्तु बिक्रीको लागत केही बढेर १२ करोड ८ लाख पुग्दा कम्पनीको कुल आय ७९ करोड २६ लाख रहेको छ । कर्मचारीको सेवासुविधा तथा खर्च १३ करोड २१ लाख रुपैयाँ र अन्य खर्च १२ करोड १२ लाख पुगेको छ ।
कम्पनीको आम्दानी बढेपनि वित्तीय लागत बढ्न गएको छ । अघिल्लो आर्थिक वर्षमा २२ करोड ९६ लाख रहेकोमा वित्तीय लागत बढेर गत आर्थिक वर्षमा २७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
सञ्चालन खर्चमा वृद्धिका बाबजुत पनि कम्पनीको आयमा भएको वृद्धिले नाफा बढेको हो । नाफा बढे पनि सञ्चित नोक्सानीमा रहेकोले कम्पनीका सेयरधनीले लाभांशको लागि भने अझै केही वर्ष पर्खनुपर्ने हुन्छ ।
एक अर्ब ५३ करोड ४१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको सञ्चित घाटा २३ करोड ४४ लाख ७२ लाख रुपैयाँ छ ।

यस कम्पनीले नाफा कमाउन लागे पनि सञ्चित घाटा बाँकी रहेकोले लाभांशको लागि केही वर्ष पर्खनुपर्ने भएको सो कम्पनीले जनाएको छ । सो कम्पनीको प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ २२ पैसाबाट बढेर ८४ रुपैयाँ ७२ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात २४६.६३ गुणा रहेको छ ।
गत आर्थिक नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ८५ पैसा पुगेको छ । कम्पनीको बैंक ऋण २ अर्ब २८ करोड ४९ लाख रुपैयाँ बाँकी छ । २०७९ सालको असारमा २ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ रहेको ऋण घटाउँदै लगेको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।