logo

विद्युत बिक्री घटेसँगै बुटवल पावरको नाफा पनि घट्यो, प्रतिसेयर आम्दानी ७.८४ रुपैयाँ

    733   पटक पढिएको


२६ साउन/अर्थ र व्यापार – विद्युत बिक्री घटेसँगै बुटवल पावर कम्पनीको नाफा पनि प्रभावित भएको छ । सो कम्पनीले गत आर्थिक वर्ष २६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको भन्दा २.४९ प्रतिशत कम हो।

अहिले यस कम्पनीको विद्युत बिक्री घटेर ६.५३ प्रतिशत खुम्चिएको छ । गत आर्थिक वर्ष सो कम्पनीले विद्युत बिक्रीबाट ७२ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष सो कम्पनीले ७७ करोड ५० लाख रुपैयाँको बिजुली बेचेको थियो।

ब्याजदर कम हुँदै गएकाले ब्याज भुक्तानी रकम घटेको छ । अघिल्लो वर्ष १ करोड २८ लाख भुक्तानी गरेको कम्पनीले यसपालि १ करोड १४ लाख मात्रै ब्याज तिर्नुपरेको छ। कम्पनीले बैंकको मुद्दतीमा राखेको रकमबाट १ करोड आम्दानी भएको छ।
३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको जगेडा र अवितरित नाफा कोषमा ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ छ । जसका कारण सो कम्पनीको प्रतिसेयर आम्दानी पनि ७.८४ रुपैयाँमा झरेको छ । प्रतिसेयर नेटवर्थ पनि २०५.१ रुपैयाँ रहेको छ ।

बुटवल पावरले काबेली ए, न्यादी हाइड्रो, मुगु कर्णाली, चिनो खोला हाइड्रो र मस्र्याङ्दी क्यासकेड गरी पाँचवटा आयोजना सञ्चालन गरिरहेको छ । जसमध्ये ३० मेगावाटको न्यादी हाइड्रोले व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

कुल ३७.६ मेगावाटको काबेली ए, १७४ मेगावाटको मुगु कर्णाली, ७.९ मेगावाटको चिनो खोला र ६०१.२ मेगावाटका तीनवटा आयोजना हुने मस्र्याङ्दी क्यासकेड अध्ययन र निर्माणको चरणमा छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।