logo

सूर्य नेपालले चुरोट बेचेरै कमायो २७ अर्ब रुपैयाँ

    156   पटक पढिएको


२३ साउन/अर्थ र व्यापार – बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले चुरोट बेचेर एकवर्षको अवधीमै २७ अर्ब रुपैयाँ कमाएको छ ।
यो अघिल्लो वर्षको भन्दा डेढ अर्ब रुपैयाँ अर्थात् १०.२९ प्रतिशतले बढी हो । सूर्य लगायतका ब्राण्डमा चुरोट उत्पादन तथा बिक्री वितरण गर्दै आएको सूर्य नेपाल राम्रो प्रतिफल दिने कम्पनी पनि हो ।
गत वर्ष गरेको नाफाबाट सूर्य नेपालले सेयरधनीलाई १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश घोषणा गरेको छ । यो अघिल्लो वर्षको भन्दा १ अर्ब रुपैयाँले बढी हो । यस कम्पनीले लगानी विविधिकरण गर्न होटल व्यवसायमा प्रवेश गर्ने घोषणा गरेको भए पनि निर्माण भने सुरु गरिसकेको छैन।
सूर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । रेटिंग एजेन्सीले सूर्य नेपालको सो कर्जालाई ए वान प्लस रेटिंग दिएको छ । जसको अर्थ हो सो कम्पनीमा कर्जा लगानी गर्नु अत्यन्तै कम जोखिम छ ।
चुरोटका साथै सूर्य नेपालले सलाई र मंगलम ब्राण्डका अगरबत्ती पनि उत्पादन गर्दै आएको छ । यसैगरि, यस कम्पनीले सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ । सूर्य नेपालका देशभर १०० भन्दा बढी थोक बिक्रेता रहेका छन्।
सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ । ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ । यसैगरि, २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको लगानी स्वामित्व यस कम्पनीमा छ ।
सूर्य नेपालको माउ कम्पनी आइटिसीले एकवर्षमा ८ अर्ब ४५ करोड अमेरिकी डलरबराबर व्यापार गरेको छ । आइटिसीको बजार पुँजीकरण ५८ अर्ब डलर पुगेको छ । आइटिसी सन् १९१० मा स्थापना भएको थियो । कम्पनी भारतमा चुरोट उत्पादनसाथै प्याकेजिङ फुड, स्टेसनरी, सलाइ, अगरबत्ती, होटल, एग्रो लगायतका व्यवसायमा आवद्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।