logo

इक्यान अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

    321   पटक पढिएको

३१ असार/अर्थ र व्यापार – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । भट्टराईले दुई सय ३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी बिष्णुहरि पाण्डेले एकसय ४६ मतमात्र प्राप्त गरेका थिए ।
सो निर्वाचनमा अध्यक्षकालागि ४ जनाबीच प्रतिस्पर्धा भएको थियो । पूर्वउपाध्यक्ष भट्टराई र पूर्वअध्यक्ष पाण्डेले प्यानलसहित उम्मेदवारी दिएका थिए । भने अध्यक्षका अर्का प्रतिस्पर्धी कृष्णहरि केसीले २१ मत र देवीदास भट्टराईले ११ मत प्राप्त गरेको इक्यान निर्वाचन समितिले जनाएको छ ।

पुसमा अधिवेशन गरेको इक्यानको १८ सदस्यीय कार्यसमितिका लागि शनिबार निर्वाचन भएको थियो । उपाध्यक्षमा एन्ड्रियु पौडेल (लक्ष्मण) २२८, भुवनबहादुर क्षेत्री १७२ र गीता शिवाकोटी (गिताञ्जली) १५९ मतसहित विजयी भएका छन । ३ उपाध्यक्षका लागि १० जनाले मनोनयन दिएका थिए ।
महासचिवमा भट्टराई समूहकै दिपकराज भुसाल २ सय ५५ मतसहित विजयी भएका छन् । अधिकांश पदाधिकारीसहित सदस्यमा पनि उनकै समूहका चुनिएका हुन् ।
सचिवमा भवनाथ हुमगाईं २६० र रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित भए । कोषाध्यक्षमा आशिका कार्की र सहकोषाध्यक्षमा विकल्पराज पोखरेल चयन भएका छन । उनीहरुले क्रमशः २०८ र २१६ मत प्राप्त गरेका हुन ।
सदस्यमा सर्वाधिक ३०१ मतसहित सुरज सिलवाल विजयी भएका छन । अन्य सदस्यहरुमा साधना पुडासैनी, उमा खड्का पाठक, मञ्जित ढकाल, गोविन्द खनाल, आशीष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी निर्वाचित भएका छन् । ९ सदस्यका लागि १९ जना प्रतिस्पर्धामा थिए । सो निर्वाचनकालागि इक्यानमा आबद्ध ४ सय ६७ जना मतदाता थिए ।

१८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन परेको थियो । नवनिर्वाचित यस कार्यसमितिको कार्यकल दुईवर्षे हुने छ । नवनिर्वाचित अध्यक्ष शेषराज भट्टराइले अब आफु सबै व्यवसायीलाई एकजुट गराएर अघि बढ्ने बताए । वैदेशिक अध्यक्षमा जाने विद्यार्थी अभिभावकलाई परामर्श दिने काम इक्यानमा आबद्ध परामर्शता संस्थाहरुले गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।