११ जेठ/अर्थ र व्यापार – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।
गत २७ वैशाखमा बसेको कम्पनीको संचालक समितिको बैठकले नियुक्तिका लागि सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो ।
प्राधिकरणले गत ५ जेठमा स्वीकृति दिएको थियो । आज बिहीबार नवनियुक्त सीईओ श्रेष्ठले सो कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरेका हुन् ।
तपाईको प्रतिक्रिया