logo

अमेरिकी राजदूतद्धारा ग्रोबाईडेटाको नयाँं शाखा उदघाटन

    192   पटक पढिएको


१३ वैशाख/अर्थ र व्यापार – नेपालकालागि अमेरिकी राजदूत डीनआर थम्पसनले इन्टेलिजेन्स फर्म ग्रोवाईडेटा नामक संस्थाको नयाँं शाखाको उदघाटन गरेका छन् ।
बोस्टन र काठमाडौंमा आधारित मार्केटिङ इन्टेलिजेन्स फर्म ग्रोबाईडेटाको नयाँं शाखाको सानेपामा एक भव्य समारोहवीच उदघाटन गरिएको हो ।

नयाँ शाखा उद्घाटन कार्यक्रममा संस्थाका व्यवस्थापकीय साझेदार प्रसन्न ढुंगेलले ग्राहकहरुको बृद्धिका कारण नयाँं शाखा विस्तार गर्नुपरेको बताए । उनले नयाँ भवन विश्वसनीयता बृद्धि गर्न र क्रस–टीम सहकार्यलाई प्रवद्र्धन गर्न डिजाइन गरिएको जानकारि दिए ।
‘हामी शीर्ष मार्केटिङ फर्महरूको मार्केटिङ इन्टेलिजेन्स साझेदार बन्ने आकांक्षा राख्छौं’ ढुंगेलले भने, उनले यसले उनीहरूलाई नयाँ रणनीतिहरू बनाउन समर्थन गर्न सहयोग प्रदान गर्ने अपेक्षा गरिएको बताए ।

ग्रोवाईडेटाको नयाँ कार्यालयको उदघाटनले ब्लु–चिप ग्राहकहरूलाई विकसित डिजिटल मिडिया परिदृश्यमा उद्योग–अग्रणी अन्तरदृष्टि प्रदान गर्न इन्जिनियरिङ, ग्राहक सफलता र मार्केटिङमा क्रस–टीम सहयोगको महत्वलाई समर्थन गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
सन् २०१४ मा ग्रोवाईडेटा नक्सलमा एक कोठाको साझा कार्यालय स्थानबाट भएको थियो । ६ जना सदस्यहरूको टोलीसँग सुरु भएको यो संस्थामा हाल बोस्टन र काठमाडौ कार्यालयहरूबाट काम गर्ने १०० भन्दा बढीको संलग्नता रहेको कार्यक्रममा बताइयो ।
‘हामीले २०१४ मा केवल एक ग्राहकलाई सेवा दिन थालेका थियौं र अब आधा दर्जन एजेन्सीहरूमार्फत एकसय भन्दा बढी ब्रान्डहरूसँग सहकार्य गर्दैछौं’ कार्यक्रममा संस्थाको अपरेशनका उपाध्यक्ष सुबिन श्रेष्ठले भने ।

उनले स्थानीय समुदायलाई सहयोग गर्न धेरै सीएसआर कार्यक्रमहरूसँगै अमेरिका र नेपाल दुवै अर्थतन्त्रमा योगदान दिन पाउँदा आफुलाई निकै हर्ष लागेको बताए ।
२०१४ मा स्थापित ग्रोवाईडेटाले मार्केटिङ अन्तर्दृष्टि प्रदान गर्न, आवाजको साझेदारी, मूल्य निर्धारण, प्रवद्र्धन, ग्राहक समीक्षा, प्रतिस्पर्धी गतिशीलता र अन्य डिजिटल विशेषताहरूको रिपोर्टिङ सक्षम गर्ने जनाइएको छ । यस फर्मले सफलतापूर्वक विश्वव्यापी विज्ञापन एजेन्सीहरू र उनीहरूको घरेलु ब्रान्डबाट ग्राहकहरूलाई सेवा प्रदान गर्ने बताएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।