logo

लुक्ला आउटडोरमा वैद्य अर्गनाइजेसनले लगानी गर्ने

    265   पटक पढिएको

६ बैशाख/ अर्थ र व्यापार – लुक्ला आटडोरमा वैद्य अर्गनाइजेनश अफ इन्डष्ट्रिज एण्ड ट्रेडिङ हाउसले लगानी गर्ने भएको छ । विशेषगरी पर्यटनहरुका लागि र हिमाली क्षेत्रमा लगाउने कपडा डाउन ज्याकेट, क्याप, टिसर्ट, सर्ट, ट्रेकिङ वा हिमाल चढ्दा चाहिने सामग्री उत्पादन गरी बिक्री गर्दै आएको आटउटडोरमा वैद्य अर्गनाइजेशनले लगानी गर्ने भएको हो ।
कम्पनीले अर्गनाइजेशनसँग सहकार्य गरिसकेको छ । नेपालमा ५५ वर्षदेखि विभिन्न क्षेत्रमा कारोबार गर्दै आएको अर्गनाइजेशनको सहकार्यपछि लुक्ला आउटडोरको उत्पादन झनै वृहत हुने अपेक्षा गरेको छ ।
सहकार्यसँगै कम्पनीको कपडा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कपडाको ब्रान्डिङ हुने अपेक्षा गरेको छ । विशेषगरी ट्रेकिङ, पर्वतारोहण र आउटडोर एडेभन्चर क्षेत्रमा विभिन्न प्रकारका कपडा उत्पादन गर्दै आएको कम्पनीले अझै बजारलाई वृहत बनाउने योजना बनाएको छ ।
यसैगरि,कम्पनीले आगामी दिनमा झनै व्यापारलाई परिमार्जन गरी ग्राहकहरुको आवश्यकता अनुसार उत्पादन गर्ने जनाएको छ । सन् २०१९ मा चारजना महिलाले सुरु गरेको आउटडोरमा ट्रेकिङ, माउन्टेनरिङ, हाइकिङका लागि चाहिने कपडाहरु उपलब्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।