२६ चैत/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकको निर्देशनपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश संशोधन गरेको छ ।
गत ९ चैतमा बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ११.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
तर, नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न कडाइ गर्दै प्रस्तावित लाभांश संशोधन गर्न निर्देशन दिएपछि लाभांश घटाएको छ ।
२५ चैतमा बसेको लघुवित्तको सञ्चालक समितिको बैंठकले राष्ट्र बैंकको निर्देशनअनुसार
लाभांश संशोधन गरेर १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपनि सेयरधनीमा वितरण हुनेछ ।
तपाईको प्रतिक्रिया