५ फागुन/अर्थ र व्यापार – हिमालयन एभरेष्ट इन्स्योरन्स कम्पनीको वार्षिक साधारणसभा आगामी २९ चैतमा हुने भएको छ । साधारण सभा बानेश्वर ब्यांक्वेट थापागाउँमा हुनेछ।
कम्पनीको मंगलबार संचालक समितिले साधारणसभाको लागि समय तोकेको हो। सभामा कम्पनीले २.७५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनार्थ ०.१४ प्रतिशतका दरले नगद लाभांशको प्रस्ताव गर्नेछ ।
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदनसहित वासलात नाफा नोक्सान हिसाब पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते बुक क्लोज गर्नेछ ।
तपाईको प्रतिक्रिया