२४ फागुन/अर्थ र व्यापार – स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले हिमालयन बैंकसँग स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा संचालन गर्न सम्झौता गरेको छ।
मोबाइल बैंकिङ एप एचआई–एमबि प्रयोगकर्ताहरूले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगायत स्मार्ट क्युआरमा आबद्ध भएका मर्चेन्टहरुमार्फत वस्तु तथा सेवाको भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ।
यसैगरी हिमालयन बैंकका मर्चेन्टले पनि स्मार्ट क्युआरमा आबद्ध भएका बैंक तथा बित्तीय संस्थाका ग्राहकहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्।
इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत कारोबारको भुक्क्तानी तथा फर्छ्यौट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने विज्ञप्तिमा उल्लेख छ।
तपाईको प्रतिक्रिया