१७ फागुन/अर्थ र व्यापार – सोमबारबाट एकीकृत कारोबार गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् ।
नयाँ बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा तत्कालीन सिद्धार्थ इन्स्योरेन्सका बिरेन्द्र बैदवार क्षेत्री रहने छन् । त्यस्तै, संचालकमा पवनकुमार अग्रवाल, राजनकृष्ण श्रेष्ठ, राहुल अग्रवाल, बलराम श्रेष्ठ र रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन्। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सचिवमा सुदर्शन आचार्य नियुक्त भएका छन्।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन स्वाप रेसियो १ः१ अनुपातमा मर्ज भएको कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ८० करोड रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया