१० फागुन/अर्थ र व्यापार – आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता भएको छ ।
मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शुल्क आइएमई पेमार्फत भुक्तान गर्न सक्ने गरि सम्झौता भएको हो ।
सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका थिए ।
तपाईको प्रतिक्रिया