logo

शिखर इन्स्योरेन्सले दुई वर्षको साधारणसभा एकैपटक गर्ने

    965   पटक पढिएको


४ माघ/अर्थ र व्यापार – शिखर इन्स्योरेन्स कम्पनीले दुईवटा वार्षिक साधारणसभा एकैपटक गर्ने भएको छ । कम्पनीले आगामी २५ माघमा केन्द्रीय कार्यालयबाट गर्न लागेको जानकारी दिएको छ ।
कम्पनीको ३ माघमा बसेको संचालक समितिको बैठकले १७ औं र १८औं वार्षिक साधारणसभा एकैपटक गर्ने निर्णय गरेको हो । संचालक समितिबाट प्रस्ताव गरिएको गत असार मसान्तसम्मको कायम सेयर पुँजीमा १६ प्रतिशतका दरले हुन आउने ३६ करोड ५७ लाख रुपैयाँको बोनस सेयर पारित गर्ने सो कम्पनीले जनाएको छ ।
बोनस सेयर वितरण गर्दा खण्डित सेयरको हकमा माथिल्लो नजिकको अंकमा परिणत गर्ने र सो स्वामित्व कायम राख्ने गरी जारी पुँजी तथा चुक्ता पुँजी संशोधन गर्नेछ । यसको अधिकार संचालक समितिलाई दिने प्रस्ताव रहेको छ । साधारण सभाले संचालकहरुको नियुक्तिसम्बन्धी नियमलाई संशोधन गर्ने बताइएको छ ।

संस्थापक सेयरधनीहरुबाट नियुक्त हुने ४ जना,सर्वसाधारण सेयरधनीबाट नियुक्त हुने ३ जना र स्वतन्त्र संचालक १ जना गरी ७ जना संचालक नियुक्त गर्ने कम्पनीले जनाएको छ ।
यसैगरी मर्जरको लागि अन्य कुनै बीमा कम्पनीसँग समझदारी पत्र तर्जुमा गर्ने र अन्य प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने समेत तय भएको बताइएको छ ।
सभामा संचालक समितिबाट प्रस्ताव गरिएको असार मसान्तसम्म कायम सेयर पुँजीमा ०.८४२१ प्रतिशतका दरले नगद लाभांश एक करोड ९२ लाख ५१ हजार रुपैयाँ पारित गर्ने प्रस्ताव गरेको छ ।
मर्जरको लागि आवश्यक सम्पुर्ण प्रक्रिया अवलम्बन गर्ने संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत रहेको छ।त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ तथा २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।
कम्पनीको संचालक समितिका सदस्यहरु तथा अन्य समितिको उपसमितिका सदस्यहरुले प्राप्त गर्ने भत्ता तथा सुविधा परिमार्जन गर्ने प्रस्ताव राखेको बताइएको छ । सभा प्रयोजका लागि कम्पनीले आगामी १७ माघदेखि साधारण सभासम्मको लागि बुक क्लोज गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।