२८ मंसिर/अर्थ र व्यापार – प्राइम लाइफ इन्स्योरेन्सले आगामी २४ पुसकालागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न पन्ध्रौं साधारणसभा बोलाएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले लाभांश वितरणको लागि आगामी ८ पुसमा बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आगामी ७ पुसमा नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका इन्स्योरेन्सका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
तपाईको प्रतिक्रिया