logo

कर्मचारी सञ्चय कोषको प्रशासकमा धिताल

    892   पटक पढिएको


२३ मंसिर/अर्थ र व्यापार– सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताललाई नियुक्त गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले धितालाई प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो । २०७८ भदौ देखि कोषको निमित्त प्रशासकका रुपमा काम गर्दै आएका धिताललाई सरकारले आगामी पाँच वर्षका लागि प्रशासकमा नियुक्त गरेको हो ।
कोषमा प्रशासक छनोटका लागि अर्थ मन्त्रालयले एक सिफारिस समिति बनाएको थियो । समितिले आवेदन दिएका मध्येबाट तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस भएका तीन जनामध्ये सरकारले धिताललाई नियुक्त गर्ने निर्णय गरेको हो । धिताल चार्टर्ड एकाउन्टेन्ट हुन् । २०६५ सालमा चार्टर्ड एकाउन्टेन्टका रुपमा धिताल कर्मचारी सञ्चय कोषको जागिरमा प्रवेश गरेका हुन् । उनले अर्थशास्त्र र सूचना प्रविधिमा स्नातकोत्तर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।