logo

अन्नपूर्ण केबलकारले संचालनको छोटो अवधीमै कमायो ३ करोड रुपैयाँ

    914   पटक पढिएको


२२ मंसिर/अर्थ र व्यापार– सन् २०२२ को फेब्रुअरी महिनाबाट सञ्चालनमा आएको पोखराको अन्नपूर्ण केबलकारले यो वर्ष ३ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ ।
केवलकारले संचालनमा आएको पहिलो पाँच महिनामा टिकट बिक्रीबाट २ करोड ९० लाख रुपैयाँ तथा २० लाख रुपैयाँ भाडाबाट संकलन गरेको हो ।
कांस्की जिल्लाको पोखरास्थित सेती बगरदेखि सराङकोट डाडासम्मको दूरीमा केवलकार संचालन गर्दै आएको छ । नेपालको पर्यटकीय सहर पोखरामा सञ्चालनमा रहेको यो केवलकार हाल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणमा रहेको छ ।
सञ्चालनमा आय यता ९० हजार १६३ जना मानिसहरुले केबलकारको प्रयोग गरेका छन् । जसमध्ये २० हजार ७७६ अन्तर्राष्ट्रिय पर्यटक रहेको सो केवलकार कम्पनीले जनाएको छ ।
इस कम्पनीले २.३ किलोमिटर दूरीमा केवलकार सञ्चालन गरेको हो । कुल १७ वटा गोन्डोला मार्फत दु्रत गतिको सेवा यस कम्पनीले प्रदान गर्दै आएको छ । सन् २०१० मा केवलकार सेवाको विस्तार गर्ने उद्देश्यका साथ निर्माण भएको अन्नपूर्ण केवलकारले १ अर्ब ९७ करोड ३० लाख रुपैयाँ लगानीमा निर्माण कार्य सम्पन्न गरी केबलकार सेवा सुचारु गरेको हो ।
यस कम्पनीको १ अर्ब ७ करोड ३० लाख रकम ऋण रहेको छ भने बाँकी ९० करोड लगानीकर्ताहरुको सेयर रहेको छ । सो कम्पनीका अनुसार कोरोना विश्व महामारिका कारण निर्माण सामाग्रीको मूल्यमा भएको वृद्धि तथा जग्गा अधिग्रहणका क्रममा जग्गाको मूल्य बढ्दै जानु, केवलकारको संख्यामा भएको वृद्धिले परियोजना निर्माणका क्रममा लागत परियोजना सम्पन्न हुँदा सम्म १२० प्रतिशतले खर्च बढ्न पुगेको थियो ।
यस परियोजनाको सुरुवातमा ८९ करोड ६० लाखको लागत रकम अनुमान गरिएको थियो जुन पछि १ अर्ब ९७ करोड पुगेको थियो । कम्पनीले परियोजना कार्य तोकेको समयमा सम्पन्न गर्न नसक्दा पनि चर्को ब्याजदरको सामना गर्नुपरेकाले लागत खर्च बढेको सो कम्पनीले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउदै जानु, पर्यटकको आगमन वर्षभरीका पाँच महिनामा मात्रै हुनुले भने यस केवलकार अपेक्षाकृत रुपमा निरन्तर सञ्चालनमा ल्याउन केही कठिन हुने सो कम्पनीले जनाएको छ ।
यस्तो अवस्थामा पनि नेपाल सरकारले पर्यटन प्रवद्र्धन विशेष प्राथमिकतामा राखेको छ । यसैगरी अन्नपूर्ण केवलकार अन्नपूर्ण संरक्षित क्षेत्र वरपर टेक्रिङ गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि गेटवे रहेको छ । पोखरा पर्यटकीय महत्व दर्शाउने सहरका रुपमा स्थापित भएका कारण पोखरामा घुमघाम गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको कमी छैन । जसका कारण पनि यो केबलकार निरन्तर सञ्चालनमा भने खासै समस्या नआउने सो कम्पनीको अपेक्षा छ ।
हाल पोखरामा रहेका साहसिक पर्यटन, प्राकृतिक सम्पदा, धार्मिक सम्पदाहरुले पनि पर्यटक आकर्षण गरिरहेका छन् । यसैगरि, पोखरामा निर्माणाधीन बहुप्रतिक्षित अन्तर्राष्ट्रिय क्षेत्रिय विमानस्थलले पनि पर्यटकको आगमन बढाउने सो कम्पनीको अपेक्षा छ ।
रियल स्टेट तथा रोड सो क्षेत्रमा विगत २५ वर्ष लामो अनुभव बटुलेका कालु गुरुङ यो केबलकार कम्पनीका अध्यक्ष हुन् । अहिले केयर रेटिङ नेपालले कम्पनीलाई १ अर्ब ७ करोड ६२ लाख दीर्घकालीन तथा २ करोड अल्पकालीन कर्जाका लागि बी प्लस र ए४ रेटिङ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।