logo

लगानी विस्तारमा आक्रामक बन्दै १९ जीवन बीमा कम्पनी

    990   पटक पढिएको


२९ कात्तिक/अर्थ र व्यापार– पछिल्लो समय जीवन बीमा कम्पनीहरु लगानी विस्तारमा आक्रामक बनेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामै करिब ५ खर्बको लगानी गर्न सफल भएकाले उनीहरु आक्रामक देखिएका हुन् ।
बीमा प्राधिकरणका अनुसार १९ कम्पनीहरुले पहिलो त्रैमासमै ४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जुन गत वर्षको तुलनामा १ खर्ब ८ अर्ब ७७ करोड रुपैयाँ अर्थात २७.९७ प्रतिशतले बढी हो ।
कम्पनीहरुले गत वर्षको सोही अवधिमा कम्पनीहरुले ३ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी गरेका थिए । १९ कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी लगानी गरेको छ । कम्पनीले तीन महिनाको अवधिमा विभिन्न क्षेत्रमा कूल एक खर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।
यसैगरि, बढी लगानी गर्नेको दोश्रो सूचीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) रहेको छ । कम्पनीले २०७९ साउनदेखि असोजसम्ममा कूल ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सले ४९ अर्ब १८ करोड, राष्ट्रिय बीमा संस्थानले ४१ अर्ब ७० करोड, एशियन लाइफ इन्स्योरेन्सले ३१ अर्ब ५२ करोड र मेट लाइफ एलिकोले २४ अर्ब ४४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् ।
त्यसैगरी, २० अर्बभन्दा कम र १० अर्बभन्दा बढी लगानी गर्नेको सूचीमा ४ कम्पनी रहेका छन् । प्राइम लाइफले १९ अर्ब ९३ करोड, सूर्या लाइफले १४ अर्ब ८९ करोड, यूनियन लाइफ इन्स्योरेन्सले १३ अर्ब ३८ करोड र गुराँस लाइफले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् ।
गत साउनदेखि असोजसम्ममा सिटिजन लाइफ इन्स्योरेन्सले ९ अर्ब ८७ करोड, ज्योति लाइफले ९ अर्ब ५७ करोड, रिलायबल लाइफले ८ अर्ब ८० करोड, आईएमई लाइफले ६ अर्ब ३५ करोड, रिलायन्स लाइफले ६ अर्ब २६ करोड, सन नेपाल लाइफले ६ अर्ब १४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् ।
यता प्रभु लाइफ इन्स्योरेन्सले ५ अर्ब ७१ करोड रुपैयाँ, सानिमा लाइफ इन्स्योरेन्सले ५ अर्ब ६० करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले कूल ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको लगानी गर्न सफल भएका छन् ।
यी कम्पनीहरुले घर जग्गा, सेयर बजार, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्र, सूचीकृत कम्पनीको ऋणपत्र, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार, म्युचुअल फण्ड र नागरिक लगानी कोष, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप र अन्य क्षेत्रमा गरी सो मात्राको लगानी गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।