३१ असोज/अर्थ र व्यापार – एनएमबि लघुवित्त संस्थाको नायव कार्यकारी प्रमुखमा बिरु राम जैशी नियुक्त भएका छन् । लघुवित्तको गत १७ असोजमा बसेको संचालक समितीको बैठकले जैशीलाई नायव कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सोही निणर्य अनुसार अहिले जैशी नायव कार्यकारी प्रमुखमा नियुक्त भएका हुन । एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट ‘ घ’ वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।
यस वित्तीय संस्थाले देशका सात वटै प्रदेश अन्तर्गत ६८ जिल्लाका विभिन्न स्थानहरुमा १४८ वटा शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी करिब १ लाख उन्नाईस हजार विपन्न घरपरिवारका सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।
तपाईको प्रतिक्रिया