२६ असोज/अर्थ र व्यापार – नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फण्डहरुले प्रतिफल घोषणा गरेका छन् ।
नबिल ब्यालेन्स्ड फण्ड २ ले करसहित ७ प्रतिशत र नबिल इक्विटी फण्डले करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन्। ।
मंगलबार बसेको यी फण्डहरुको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
जसअनुसार नबिल ब्यालेन्स्ड फण्ड २ ले ७ करोड ८४ लाख रुपैयाँ प्रतिफल वितरण गर्नेछ भने नबिल इक्विटी फण्ड ६ करोड २५ लाख रुपैयाँ प्रतिफल वितरण गर्नेछ ।
प्रतिफल वितरण प्रयोजनार्थ यी फण्डहरुले कात्तिक १८ गते बुकक्लोज गर्ने भएका छन् । यस अनुसार आगामी १७ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्ने बताईएको छ ।
तपाईको प्रतिक्रिया