१४ असोज/अर्थ र व्यापार– आईएमईले दशैं, तिहार,छठपर्व र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको दशैं अफरको चौथो साताको विजेता घोषणा गरिएको छ ।
सेवाग्राही बीरेन महतो र राजकुमार गुरुङ ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत चौथो साताको विजेता बनेका छन् । महतोले कुवेत र गुरुङले संयुक्त अरब इमिरेट्सबाट आईएमई मार्फत नेपाल पैसा पठाएका थिए । दुवै जनाले जनही २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यसैगरि,सेवाग्राहीहरू सिर्जना राई,आरती शाह,राजकुमार कुशवार,शुकबहादुर राई,बेगम बिक,मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट भएका छन् । उनीहरुले एक/एक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।
तपाईको प्रतिक्रिया