९ असोज/अर्थ र व्यापार – डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथका साथ आकर्षक मूल्यमा ‘फास्टेस्ट इन्टरनेट’ प्याकेज ल्याएको छ । फेस्टिभ फाइबरनेट नाम दिइएको अफरअनुसार ८७० रुपैयाँ प्रतिमहिनामा २०० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यसैगरि, प्रति महिना रु ५९५ मा ७५ एमबीपीएस रु ६८७ मा १०० एमबीपीएस, ८२४ मा १५० एमबीपीएस र रु ९१६ मा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध हुने छ । यो अफरअनुसार एक बर्षको जडान गर्ने ग्राहकले ५जी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् ।
त्यसैगरि, इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु। २५० प्रति महिनामा डिसहोम आई टिभीको सेवा पाउने सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया