६असोज/अर्थ र व्यापार – निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न भएको छ ।
समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका हुन् ।
लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकाले नवीकरणीय र स्वच्छ ऊर्जा मार्फत देश विकासमा योगदान पु¥याइरहेको उर्जा डेभलपर्ससँग सहकार्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए ।
उर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले सम्झौताले उर्जा डेभलपर्सको पोर्टफोलियो र कम्पनी अन्तर्गत रहेका अन्य परियोजनाहरूको लागि कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको बताए ।
तपाईको प्रतिक्रिया