logo

आइएमइपेका ग्राहकले फोनपे क्यूआरमार्फत् भुक्तानी गर्दा १०% सम्म क्यासब्याक पाउँने

    365   पटक पढिएको

४ असोज/अर्थ र व्यापार – आइएमइपेका ग्राहकले आइएमइपेको मोबाईल एप्स्मार्फत् फोनपको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् ।
देसको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र आइएमइपेका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने गरी सम्झौता भएको हो ।
सम्झौतापत्रमा आइएमइपेका सिइओ अमोद भट्टराई र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठकाबिचमा हस्ताक्षर भएको हो । यो योजना यहि ७ असोजदेखि १४ असोजसम्म सञ्चालन हुनेछ । नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको सो कम्पनीले जनाएको छ ।
फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित् गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआरमार्फत् भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् ।
एक करोड ५० लाख रुपैयाँभन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्समार्फत् फोनपेले सेवा पुर्याउँदै आएको छ । भुक्तानी सेवा प्रदायक आइएमइपे मार्फत् विभिन्न किसिमका भुक्तानी तथा किनमेल गर्न सकिन्छ ।
खल्ती मार्फत मोबाईल रिचार्ज, बिजुली, खानेपानीको महशुल लगायतका थुप्रै सेवाको भुक्तानी तथा किनमेल गर्न सकिने सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।